
काठमाडौं १४ असोज : क्वालिटी फिल्म्सद्वारा आयोजित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा चलचित्र विधा अन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र लभ डायरिजबाट शुशिल श्रेष्ठले र अभिनेत्रीको अवार्ड चलचित्र ड्रिम गर्लबाट आश्मा गिरीले हाँसिल गरेका छन् ।
२०७६ सालमा घोषणा भएर रोकिएको यो अवार्डमा २०७५ र ०७६ का चलचित्रले भाग लिएका थिए । काठमाडौंको जमलमा बुधबार बेलुका सम्पन्न अवार्ड समारोहमा निर्देशकको अवार्ड चलचित्र ड्रिम गर्लबाट ऋषिराज आचार्यले, नव अभिनेताको अवार्ड चलचित्र लभ डायरिजबाट विश्वजित रिमालले र नव अभिनेता भाषाभाषी तर्फको अवार्ड गुरुङ चलचित्र ह्रोसैँ ङ्हो (आफ्नो कर्म), हास्य अभिनेताको अवार्ड चलचित्र पोई प¥यो कालेबाट गोपाल ढकाल छन्देले र चरित्र अभिनेताको अवार्ड चलचित्र जात्रै जात्राबाट प्रेम पाण्डेले हाँसिल गरे ।
यस्तै गीत संगीत तर्फ सर्वोत्कृष्ट देउडा गीतकारको अवार्ड हे गाजली गीतबाट डब्बु क्षत्रीेले, संगीतकारको अवार्ड हे गाजली गीतबाट राज सागरले र गायिकाको अवार्ड हे गाजली गीतबाटै सरिता भारतीले जिते