Admission Open

ad place

राजधानीका होटलले ल्याए चाडपर्व लक्षित योजना

 

सिबी अधिकारी, काठमाडौं : शरद ऋतुको मनोरम मौसम तथा चाडपर्वमा पारिवारिक जमघटका साथ मनोरञ्जन लिने चाहना कसलाई पो नहोला र ? यदि तपाईं पनि यस्तो योजनामा हुनुहुन्छ भने त्यसका लागि तयारी गर्दा हुन्छ । नेपालमा दसैँ तिहार लगायतका चाडपर्व नजिकिँदै गरेकाले राजधानीका होटलले पनि यस्ता प्याकेज ल्याएका छन् ।

कोरोना महामारीका कारण बन्द भएका होटल भर्खरै जस्तो खुल्न लागेकाले पारिवारिक जमघटका साथै अन्य विभिन्न प्याकेज ती होटलले घोषणा गरिरहेका छन् । साथै नेपालका ठूला चाडपर्व नजिकएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उनीहरु विभिन्न आकर्षक कार्यक्रम दिएका छन् । यसबाट नेपालमा कोरोना महामारीबाट थला परेको पर्यटनलाई थोरै मात्र भए पनि उकास्न सहयोग पुग्ने यस क्षेत्रको तर्क छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...