Admission Open

ad place

भजनकीर्तन समूहका महिला सहकारीमा आबद्ध   

कञ्चनपुर, १ असोज : बेदकोट नगरपालिका–७ मा भजनकीर्तन समूहमा आवद्ध भएर मासिक रु पाँच बचत गर्दै आएका महिलाले सहकारी सञ्चालनमा ल्याएका छन् । बेदकोट र भीमदत्त नगरपालिकालाई कार्यक्षेत्र बनाएर महिलाले बैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याएका छन् ।

महिला अधिकारकर्मी तुलसी जोशीको नेतृत्वमा विसं २०६० मा बैजनाथ भजनकीर्तन समूह खोलिएको थियो । त्यसलाई अहिले सहकारी बनाइएको छ । सहकारीका अध्यक्ष जोशीले ग्रामीण क्षेत्रका महिलाको आर्थिक उत्थानका लागि सहकारी सञ्चालमा ल्याइएको बताउनुभयो । उहाँका अुनसार सहकारीमा १२० शेयर सदस्यसहित रु २१ लाख पूँजी सङ्कलन गरिएको छ ।

सहकारीका लेखा समिति संयोजक पूजा भट्टले भजनकीर्तन मण्डली समूहले गत वर्षको फागुनमा भेला गरी सहकारी खोल्ने निर्णय गरेको बताउनुभयो । भदौ २० गते सहकारी दर्ता भई सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । सहकारी महासङ्घका केन्द्रीय सदस्य माधव जोशीले महिला समूहको जागरणबाट खोलिएको सहकारीले नीति, सिद्धान्तअनुसार सञ्चालन भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...