काठमाडौं : पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ ग्रुप ‘द कार्टुन क्रु’ जुनियर फिचर गायक सचिन रौनियारको ‘माया सरर…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघिका गीतहरुको सफलतापछि गायक रौनियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन। जीतेनको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुश्लिंगको सिनेमाटोग्राफी र सुरोज अधिकारीको सम्पादन रहेको छ।
द कार्टुन क्रु को च्यानलबाट सार्वजनिक गीतको भिडियो रिलिज भएसंगै युट्युव ट्रेडीङको अग्रस्थान रहेको छ। बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यसअघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन्।
[ भिडियो ]