इटहरी : चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘केराको थम्बा’ नामको गीत उनले आफ्नै आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन्
गीतमार्फत मनोरञ्जनका साथै सन्देशसमेत दिन खोजेको लुइँटेल बताउँछन् ।
प्रतीक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, सङ्गीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय छ ।
गीतको भिडियो केशव रायमाझीले निर्देशन गरेका हुन् ।
लुइँटेलका यस अघिका झापा सुरुंगा, तेरो बाउ थोते, बाँके बर्दिया, ए बाउ किन्देउन भटभटे लगायत दर्जनौं हाँस्य गीतहरू सर्वाधिक लोकप्रिय भइसकेका छन् ।
[ हेर्नुहोस् भिडियो ]