# मञ्जिता श्रेष्ठ
तलका चित्रहरू एस्फोडेल पव्लिक स्कुल, कालिकास्थानमा कक्षा ७ मा अध्ययन गर्दै गरेकी मञ्जिता श्रेष्ठले बनाउनु भएको हो ।
मञ्जिता पढाइसँगै राम्राराम्रा चित्र कोर्नुहुन्छ । उहाँलाई चित्र बनाउन असाध्यै मन पर्छ । उहाँले धेरै चित्रकला प्रतियोगितामा सहभागी भएर थुप्रै पुरस्कारहरू पनि जित्नु भएको छ ।
भाइ बहिनीहरू; तपाईँहरू पनि चित्र कोर्नुहुन्छ ? कथा, कविता वा अन्य त्यस्तै सिर्जनात्मक केही गर्नुहुन्छ ?
हामीलाई पठाउनुस् है !
हामी तपाईँका सिर्जनालाई उचित स्थान दिनेछौँ ।
पुनश्च : हामीले वर्षभरिका रचना/सिर्जनालाई उचित मुल्याङ्कन गरेर सम्मान गर्ने योजना पनि बनाएका छौँ ।
हाम्रो email ठेगाना:[email protected], [email protected]