Admission Open

ad place

यस वर्षको ‘रुद्रराज’ पुरस्कार डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय

काठमाडौँ, १६ फागुनः सरदार रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज’ पुरस्कार डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली भाषासाहित्यलाई समृद्ध तुल्याउन उहाँले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै रु ५० हजार राशिको उक्त पुरस्कार स्रष्टा शर्मालाई प्रदान गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीराज पाण्डेले राससलाई बताउनुभयो ।

साहित्यकार रुद्रराज पाण्डेको १२५ औँ जन्मजयन्तीका दिन यही फागुन २६ गते उक्त पुरस्कार प्रदान गरिनेछ । उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवाका पाण्डेले उल्लेखनीय योगदान गर्नुभएको छ । उहाँको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ । (रासस)

टिप्पणिहरु
Loading...