Admission Open

ad place

रियलमी सि ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै

[१ मिनेट चार्जमा १ घण्टा कल] सबैभन्दा छिटो ४५वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम फोन डिजाइन, र सेगमेन्टकै सुरक्षित भिगन लेदर फिनिश

काठमाडौँ, फागुन १३ : सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउँदै छ । यस रियलमी सि ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा रहेको छ । ४५ वाटको सबैभन्दा छिटो सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगन फिनिसका साथ आउने यस रियलमी सि ६३को ८+१२८ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ ।

फास्ट चार्जिङ र स्लिम डिजाइन

४५ वाटको सुपरभोक चार्जर र ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस रियलमी सि ६३लाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ । ३८ दिनको स्ट्याण्ड–बाइ–टाइम भएको रियलमी सि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ । ७.७४ मिमीको अल्ट्रा–स्लिम बडी रहेको रियलमी सि ६३ यस वर्गकै सबैभन्दा पातलो स्मार्टफोन हो । लेदर ब्लू र जेड ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा रहेको प्रिमियम भिगन लेदर फिनिशले फोनलाई आकर्षक मात्र होइन, टिकाउ समेत बनाएको छ । साथै म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ ।

पावरफुल पर्फमेन्स र स्मार्ट फिचर्स

अक्टा–कोर चिपसेट भएको यो स्मार्टफोनमा ८ जीबीको डाइनामिक ¥याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ जसले मल्टी टास्किङ गर्न सजिलो हुन्छ । यसमा भएको एयर जेस्चर प्रविधिले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ । थप सहजताका लागि डायनामिक बटनले सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्रालाई थप सुरक्षित बनाउँछ । एआई नोइज रिडक्सन कल फिचरको माध्यमबाट रियलमी सि ६३ ले वरपरको आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लियर कलको अनुभव दिन्छ ।
३८ प्रकारको चार्ज प्रोटेक्सन र स्मार्ट चार्ज टेक्नोलोजीका साथ उपलब्ध हुने यो स्मार्टफोन छिटो मात्र होइन सुरक्षित पनि छ । विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले दिनभर गेमिङ, स्ट्रिमिङ वा कामका लागि आवश्यक पावर उपलब्ध गराउँछ ।

वर्षौँसम्म टिक्ने डिजाइन

रियलमी सि ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ । अक्टा–कोर चिपसेटको पावर र ८+१२८ जिबिको डाइनामिक ¥याम र १२८ जिबिको रोम भएकोले यस फोनमा पर्याप्त स्टोरेज हुनुको साथै मल्टी टास्किङ पनि सहज हुन्छ ।
अप्टिमाइज्ड गेमिङ र प्रभावकारी मल्टिटास्किङको लागि रियलमी सि ६३ मा एआइ बुस्ट प्रविधी रहेको छ भने स्मूथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ । त्यस्तै गेम बुस्टले गेमिङको स्टेबिलिटीमा १०% ले सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ ।
६.७४ इन्चको रियलमी सी६३ मा ९० हर्जको आई कम्फर्ट डिस्प्ले रहेकोले जीवन्त दृश्यहरू देख्न पाइनुको साथै आँखामा पनि कम स्ट्रेस पर्छ । उत्कृष्ट अडियो अनुभवका लागि २००% क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...