काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बझाङको उत्तरपूर्व साईपाल गाउँपालिका–१ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शाखाको उद्घाटन गरेका हुन् ।
गभर्नर अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पुर्ण पालिकामा बंैक पु¥याउने सरकारी लक्ष्यले पुर्णता पाएको बताए । अब सानेतिनोे बैकिङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपालबासीको बाध्यताको अन्त्य, अन्य सुविधाहरु पनि बिस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने उनले विश्वास व्यक्त गरेका छन् ।
यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँचबाट टाढा रहेको साईपाल गाउँपालिकामा बैंकको यस शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा ‘क’ वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।
साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधि, बैंकका कर्मचारी लगायत कार्यक्रममा सहभागी थिए ।
देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्ने र समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका छन् । देशैभरीे १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएम छन् ।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट सेवा दिइरहेको छ । यस बैंकले भारतको नयाँदिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।