काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु १६ सयले वृद्धि भएको छ ।
महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु १ लाख ३९ हजार ३ सयमा कारोबार भएकामा आजका लागि भने रु १ लाख ४० हजार ९ सय निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु १ लाख ३८ हजार ६५० मा कारोबार भएकामा आजका लागि भने रु १ लाख ४० हजार २ सय निर्धारण भएको छ ।