काठमाडौं, १९ वैशाख : पाँच टी-२० सिरिजअन्तर्गत आज घरेलु टोली नेपालले वेस्टइन्डिज ए सँग तेस्रो खेल खेल्दैछ ।
नेपालले वेस्टइन्डिज ए सँग २ खेल खेलिसकेको छ, जसमा दुबैले १–१ खेल जितेका छन् । नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।
आजको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ स् १५ बजे सुरु हुनेछ ।