काठमाण्डौः इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङ ५८३० मतअन्तरले विजयी भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका छन् ।
यता पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुको अहिलेसम्ममा ५ हजार ५० मत आएको छ ।