काडमाडौँ : भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ ।
आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भिरबाट करिब एकसय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।