काठमाडौँ : नेपाल, हङकङ र पपुवान्यगिनी वीचको टि-२० त्रीकोणत्मक सिरिज आजदेखि हङकङमा शुरु हुँदैछ । त्रीकोणत्मक सिरिजमा नपालले पहिलो खेल आज हङकङसँग खेल्दैछ । त्यसैगरी यही फागुन २९ गते दोस्रो खेल पपुवान्यगिनीसँग खेल्ने छ ।
यस त्रीकोणात्मक सिरिजको फाइनल खेल फागुन ३० गते हुनेछ ।
यस सिरिजमा नेपालको टोलीमा कप्तान रोहित कुमार पौडेल, कुशल भुर्तेल, बिनोद भण्डारी, आरिफ शेख, करण केसी, गुलसन झा, सन्दीप जोरा, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, अविनास बोहोरा र आकाश चन्द रहेका छन् ।