Admission Open

ad place

फागुन २३ गते शिव-पार्वती रथ यात्रा हुने

काठमाडौं, २१ फागुन : यहि फागुन २३ गते १४औं शिव पार्वती रथ यात्रा हुने भएको छ । मानब कल्याण अध्यात्मिक प्रतिष्ठान, केन्द्रिय समिति परिवार र श्री कलममसी कल्पेश्वर महादेब तथा कालिकादेवी मन्दीर विकास समाजको संयुक्त आयोजनामा हुने शिव पार्वती रथ यात्रामा हजारौंको संख्यामा भक्तजनहरु सहभागी हुने भएका छन् । सो अवसरमा मानब कल्याण अध्यात्मिक प्रतिष्ठानद्धारा आयोजित विशाल शिव पार्वती रथ यात्रा तथा चाँगुनारायण नगरपालिकामा अवस्थीति १०८ फिट अग्लो कल्पेश्वर महादेब स्थापना स्थलमा समापन समारोह हुने भएको हो ।

सो दिन महामृत्यंजय होम, चिरशान्ति होम, पितृमोक्ष होम, कल्पेश्वर कार्यसिद्धि होम हुने म।नब कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले बताउनु भएको छ । सहभागी हुन चाहने भक्तजनहरुका लागि फागुन २३ गतेका दिन ललितपुरको बालकुमारी मन्दीरबाट विहान ८ बजेदेखि बसको सुविधा पनि गरिएको गुरुले बताउनु भएको छ । उहाँले सो दिन भक्तजनहरुका लागि रथयात्रा बिर्सजन समारोह स्थल कलममसीमा प्रसाद ग्रहणको व्यवस्था पनि गरिएको बताउनु भयो । मानव कल्याण प्रतिस्थानले भक्तपुरको कलममसीमा १ सय ८ रोपनी क्षेत्रफलमा कल्पेश्वर महादेवको १०८ फिट अग्लो मुर्ति बनाइरहेको छ ।

साथै सो क्षेत्रमा प्रतिष्ठानले बुद्ध, मायावती, बुद्धका ७ पाइला र १ सय ८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मुर्ति समेत राखिन लागेको जनाएको छ । खासगरी हिन्दु धर्मावलम्बीहरुलाई धार्मिक प्रेरणा जगाउन र सो क्षेत्रमा धार्मिक पर्यटन प्रर्बद्धन समेत गर्न मुर्ति बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ । मुर्ति निर्माण कार्य तीव्र रहेको र सोको उदुघाटन आगामी र्दुइ बर्ष भित्रै गरिने गुरुले बताउनु भएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...