गीत-
गुन कहिल्यै नबिर्सनू
- यम बास्तोला
घुमि रहन्छन् सुख, दुःख नतर्सिनू, नफूर्किनू
माफ दिनु बैगुनीलाई गुन कहिल्यै नबिर्सिनू
सुनै फल्ने बोट पनि सुकि जान्छ कुनैबेला
फ्याँकिएको टिलो पनि काम लाग्छ कुनैबेला
आँसु हाँसो छटपटीमा छायाँसँग नतर्सिनू
माफ दिनु बैगुनीलाई गुन कहिल्यै नबिर्सिनू
कहिले एउटा माथि जान्छ, तल झर्छ अर्को
जीवन हो बक्ररेखा, केवल एकै धर्को
नआत्तिनू तल हुँदा, माथि पुग्दा नसर्किनू
माफ दिनु बैगुनीलाई गुन कहिल्यै नबिर्सिनू
दि.रु.म.न.पा-५, खोटाङ
[email protected]