काठमाडौं : फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर ल्याएको छ । अफर अन्तर्गत काठमाडौंका ४० भन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३०% सम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनिले जनाएको छ ।
यसका साथ साथै ग्राहकहरुले हरेक दिन फरक फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् । उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।
यसबारे बोल्दै फूडमान्डुका ब्रान्ड एंड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन् , “हाम्रा ग्राहकहरुलाई ध्यानमा राख्दै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक अफरहरु ल्याएका छौ । हामीलाई आशा छ हाम्रा ग्राहकहरुले यस अफरको भरपुर फाइदा लिनुहुनेछ र आफ्नो नयाँ वर्ष विशेष रुपले मनाउनु हुनेछ। ”
माघ १७ गतेसम्म लागु हुने यस अफरबाट लाभ लिनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एपमार्फत फूड अर्डर गर्न सकिनेछ ।