# सोनाम सज्जन किराती
आँसुहरुले उखेल्न खोज्दैछन्
पोष्टमोर्डालिजमको फेद
र रोप्न खोजिरहेछन्
संसारै भरि छरिएका आदिवासी
कार्लमाक्सको ईतिहास-
क-कस्को गठवन्धनले
टिकेको छ तिम्रो त्यो हैकमी फाँसीवाद
अर्थात छलछाम र षड्यन्त्रको
सुत्रपात भएर कहाँ कहाँ टिक्न खोज्दै छौ
अवस्य त्यो खडेरीले छटपटिन
बाध्य परेको उराठ बखत
अक्षरहरुले पनि चिताको
गन्ति सुरु गरिसकेका छन्
जल्नेछ तिम्रो आधा बाँचेको ईतिहास
कायपलटमा जन्मने छ
आदिम सभ्याताको पहिचान
मेरो थेप्चो आदिवासी नाक
दुर्गन्धित शासनहरुको खाडल
आसपास उभिएर
कसरी सामना गरिरहेछ
त्यो गन्धे सत्ताको लात
चिम्सो आँखाले रमिता थेगिरहेन
अलवा तिनीहरुका घोचाईहरुले
कहिल्यै चोईटिएन
सहनसिल बनेर रहिरह्यो
यही नहोचिने विचारमा
दृढ उन्मुक्त दुनियाको अभियान ल्याउन
माओ लेलिन र मार्क्सहरु कृयशिल छन्
उन्मुक्त उन्मुख चेहरु बाँचिरहेछन्
जन्मिएको हो यहुदि रगत बाटै मार्क्सवाद
जन्मिएकै हो जारशाह समाप्त पार्ने लेनिन
र माओहरुको पालामा स्वयत्तता निर्मित भएकै हो
आत्मनिर्यको अधिकार वैधानिक बनेकै थियो
तर आम आदिवासीहरु
यसमा समावेश हुन पाईरहेका छैनन
जस्लाई वर्गियताको मुद्दामा लपेटेर
वर्ण हराई राखिएको छ
र जुकरवर्ग जी को फेसवुक पसलहरुमा
अन्धा धुन्दा बहसको फेरो रुमल्लिरहेछ
र मार्क्सवादका असली प्रणेता हुन पनि खोजिएकै छ
यी गलत धार र धन्दाले भ्रम पैदा गराई रहेछ
र उच्च उदियमान विचारको अपमान शीत जोडिएर
आदिम साम्यवादको टुसा मार्न खोजिँदै छ
जस्ले आदिवासीय उत्पिडनको हल दिने छैन
त्यो वर्तमान र भविष्य विरोधि हुनेछ
वर्तमान र भविष्यको हेक्का राखेर
समयको मौका सदुपयोग गरौँ
र बचाउ स्वयत्त मुलुक हुन दिन
वर्गीय समाधानका वाटोहरु खुल्दै जानेछन ।
-खोटाङ