काठमाडौं : एभरेष्ट बैंकले संचालक समितिको अध्यक्षमा सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई नियुक्त गरेको छ । बैंकको बिहीबार सम्पन्न ३६० औं बैठकले वैद्यलाई अध्यक्ष नियुक्त गरको छ ।
बैद्यले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहिरहनु भएका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनि बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए । उनको अध्यक्षतामा एभरेष्ट बैंकले उल्लेखनीय प्रगती गर्ने बैंकले विश्वास लिएको छ ।