काठमाडौँ, २६ भदौ / नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता साथै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने तयारी गरेको बुझिएको छ ।
नेम्वाङको गएराति १ बजे निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।