Admission Open

ad place

गजल

  • राजन दोषी

जीवनभर चर्किरहने घाउ हुन सक्छ
रुँदारुँदै आसुको तलाउ हुन सक्छ

वेदनामा आमा कति रुँदि हुन् कति
आफ्नै छोराको मलामी बाउ हुन सक्छ

कतै सिउँदो, कसैको काख रित्तो पारेर
आफ्नोतिर सधैं, भरिभराउ हुन सक्छ

न्याय माग्न, कहाँ जानु होला गरीबले
सरकार पनि त कामचलाउ हुन सक्छ

कानुन सेवा नभई व्यवसाय भएपछि
कालोकोट पनि अचेल बिकाउ हुन सक्छ

परिवन्धले ‘दोषी’, निर्दोष पनि दोषी ठहर्छ
हत्यारालाई फॅासी होईन बचाउ हुन सक्छ ।

  • दिक्तेल, खेटाङ (हाल युइइ)
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...