Admission Open

ad place

एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच सम्झौता

काठमाडौँ, १४ साउन / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एन्ड को.प्रा.लि. बिच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा “ऋयचउयचबतभ एबथचयिि क्क्ष्ए” लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रा.लि. तथा हंसराज हुलासचन्द एन्ड को.प्रा.लि. का कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना ९क्क्ष्ए० मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को.प्रा.लि.का तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक – एच.आर. श्री नीता राणा तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का तर्फबाट उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभयो । उक्त हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फण्ड प्रमुख श्री पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड को.प्रा.लि.का तर्फबाट सहायक महाप्रबन्धक – अकाउन्ट एण्ड फाइनान्स श्री सन्तोष प्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का तर्फबाट वित्त नियन्त्रक – अकाउन्ट एण्ड फाइनान्स श्री योगेश चन्द्र पन्तको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...