Admission Open

ad place

२१०औँ भानुजयन्ती  : संसारभर विविध कार्यक्रमकासाथ मनाइयो   

[ अनेसास न्यूह्यामसायरले शनिवार भव्य समारोहका विच हुक्सेट पब्लिक लाइब्रेरीमा मनायो ]

ईश्वरी भट्ट / अनेसास न्यूह्यामसायरले शनिवार भव्य समारोहका विच हुक्सेट पब्लिक लाइब्रेरीमा २१०औँ भानुजयन्ती मनाएको छ। अनेसास केन्द्रका अध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता र महासचिव विमला निरौलाको विशेष उपस्थिती रहेको उक्त कार्यक्रम च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

नेपाली र अमेरिकी राष्ट्रिय गानसँगै भानुभक्तको फोटोमा माल्यार्पणबाट शुरू भएको कार्यक्रममा कवि रामचन्द्र भण्डारी र तारा देवी न्यौपानेले श्लोक वाचन सहित भानुभक्तको छोटो परिचय राख्नु भएको थियो।

प्रमुख अतिथि अध्यक्ष गोवर्द्धन पूजाले अनेसास न्यूह्याम्पसायरले नियमित र व्यवस्थित कार्यक्रम गर्दै आएकोमा धन्यबाद दिनुहुँदै, यतिखेर संसारभर अनेसासको नेतृत्वमा भानुजयन्ती मनाइएको बताउनु भयो।

त्यसैगरी महासचिव विमला निरौलाले भाषा र साहित्यको विकाससँगै बालबालिकाहरूलाई नेपाली भाषा सिकाउनु पर्नेमा जोड दिनु भयो।

कार्यक्रममा  विशिष्ट व्यक्तित्वहरू, शिवकुमार राई, कवि लालगोपाल सुवेदी, साहित्यकार शुशिल नेपाल, साहित्यकार अनु शाह, प्रधान संपादक ईश्वरी भट्ट, डा. रूद्र अर्याल, नेपाली समाज न्यूह्याम्पसायरका अध्यक्ष लाक्पा शेर्पा, राई समाज अमेरीकाका महासचिव मुक्ति नारायण राई, बिओटी खडिमान राई, अनेसास बिओटी मोहन निरौला, बिडीए अध्यक्ष डम्बर कडरिया, एनआरएन च्याप्टर अध्यक्ष कमल ढुंगाना, साहित्यकार सृजना शर्मा, सदस्य उषा गुरूड॰, चन्द्र कडरिया, जुनु कडरिया लगायत सवै महानु भावहरूले आदि कविको तश्वीरमा फूल माला अर्पणगर्दै श्रध्दा सुमन अर्पण गर्नु भएको थियो। साथै कवि एवं साहित्यकारहरू, लाल गोपाल सुवेदी, शुशील नेपाल, अनु शाह, डा रूद्र अर्याल, ईश्वरी भट्ट, सृजना शर्मालगायतले आफ्ना रचना वाचन र लाक्पा शेर्पा, शिवकुमार राई, मुक्ति नारायण राईलगायतबाट भानुको महत्व बारे मन्तव्य व्यक्त भएको थियो।

अन्तमा उपस्थित सबैमा हार्दिक आभार धन्यबाद व्यक्त गर्दै अध्यक्ष हरिमाया अधिकारीले सभा विसर्जन गर्नु भएको थियो। कार्यक्रम संस्थाका प्रधान सम्पादक ईश्वरी भट्टले संचालन गर्नु भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...