Admission Open

ad place

राष्ट्रियसभा बैठक आज बस्दै : केके छन् कार्यसूची ?

[ विनियोजन विद्येयकमाथि मन्त्रालयगत छलफल हुने ]

काठमाडौँ, २६ असार / राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक  संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्नेछ । बैठक  आज दिउँसो ११ः०० बजे बस्ने भएको हो ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथिको बजेट माथि छलफल हुने सचिवालयले जनाएको छ ।

गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथि छुटाइएको बजेटमा पनि छलफल हुने बताइएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...