गीतकार श्रेष्ठले भने ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ । यसले मलाई थप हौसला प्रदान गरेको छ।’ यो गीतको गितको कन्टेन्ट र भावना राम्रो छ । दर्शक स्रोताले गीतलाई मन पराउने कुरामा उनि आशावादी छन्।
युरोपको अति रमणिय ठाऊ बार्सेलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो। म्युजिक भिडियोमा सुजता कँडेल र अनन्त लामिछानेको अभिनय रहेको छ। सजिन श्रेष्ठ सहाएक निर्देशक रहेको यो गीतको भिडियोलाई सुरज मैनाली 1 MB बार्सेलोनाको निर्देशनमा तयार पारिएको हो। भिडियो गीतकार श्रेष्ठको युट्युव च्यानल ‘डेकेन्द्र प्रोडक्सन’ मार्फत सार्वजनिक गरिएको हो।