काठमाडौँ, २९ जेठ : सर्लाहीको बरहथवामा नगरपालिकामा विभिन्न रोगका विशेषज्ञ बरिष्ठ डाक्टरहरुद्वारा सेवा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
महिला रोग विशेषज्ञ डाक्टर जय नाथ साह अनुसार ६० जना बिरामीहरुलाई नि:शुल्क चेकजाँच गरिएको छ भन्ने बरिस्ठ हाडजोर्नी नसा तथा बाथ रोगका विशेषज्ञ डाक्टर सन्दीप शर्मा काठमाडौबाट आएर ४० जना बिरामीलाई नि:शुल्क सेवा दिएका हुन्।
त्यस्तै पेट आन्द्रा मुटु कलेजो टाउको छाती सम्बन्धिकाे डाक्टर अरुण कुमार सिंह यादव ३८ जनाको चेकजाँच गरिएको छ। वरिष्ठ जेनरल सर्जन र युरोलोजिस्ट लयप्रोस्कोपिक सर्जन डाक्टर सन्जय चौधरीले वीर अस्पताल काठमाडौ बाट आएर ३८ जना बिरामीलाई चेकजाच गरी परामर्श सेवा दिए। बाल रोग विशेषज्ञ बच्चाहरु सम्बन्धिको डाक्टर दिपक दासले ६६ जना बिरामीलाई चेकजाँच गरिएको छ।
त्यस्तै छाला सम्बन्धिको डाक्टर अमित कुमार यादव महिपाल वीर अस्पतालमा बाट आएर ७२ जना बिरामीहरुलाई चेकजाँच गरिएको छ । शिबिरमा थाईराईड (TFT) RBS, URIC ACID, Urine r/e भिडियो एक्स रे १००% नि:शुल्क सेवा दिए। यस शिविरका आयोजक सर्लाही गोल्डेन हस्पिटल रहेको छ भन्ने जम्मा ३१५ बिरामीको चेकजाँच गरिएको हस्पिटलका संचालक दिपेश यादवले जानकारी दिए।