काठमाडौँ, २६ वैशाख : नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेको बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । उक्त बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुने बताईएको छ भने छलफलपछि केन्द्रिय समितिको छलफलको एजेन्डा तय हुने पनि जानकारी गराईएको छ ।
नेकपा एमालेको केन्द्रिय समिति बैठक यही वैशाख २८ देखि सुरु हुदैँछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।