काठमाडौं, ८ वैशाख : एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कीर्तिमानी जित निकालेको छ ।
नेपालको कीर्तिपुर खेल मैदानमा भईरेहको एसीसी प्रिमियर कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै धेरै ३१० रनको स्कोर बनाएको थियो । नेपालले ओमानबिरुद्ध ३११ रनको लक्ष्य खडा गरेको थियो ।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ बनाउँदा नौ विकेट गुमाएको थियो भने ४६.३ ओभरमा नवौं विकेट गुमायो । त्यसपछि ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल ८४ रनले विजयी भयो ।