हिँडेको हिँड्यै छु कहीँ पुग्या छैन
बाटो हेर्छु सिधा लडेको नि हैन ।
उडि जाउँ लाग्छ, कटेर पहरा
जान खोज्छु एक्लै, बेरिन्छन् लहरा
उकालो-ओरालो खोज्छु नयाँ गौँडा
उभिन्छ अगाडि आफैँभन्दा चौडा
लोहोटा छ आफ्नै आफैँले भरेको
टिपौँ लाग्छ थोपा, भूईँमा झरेको
बुझेरै नसक्नु छ लीला यो मनको
रहस्य कहाँ छ ? अमूल्य जीवनको ।
- रुपाकोट मझुवागढी न पा. ५ – खोटाङ