काठमाडौं, ३ वैशाख : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धी तीनवटा विधेयक पेश गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिने कार्यक्रम रहेको छ ।