Admission Open

ad place

आजको मौसम पूर्वानुमान : आज पहाडी भू–भागमा सामान्य बदली, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं, ३ वैशाख : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज देशका केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...