Admission Open

ad place

गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ सार्वजनिक

काठमाडौँ  : गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।

प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाण्डौ र ललितपुरको रमणिय स्थालहरुमा छायाँकन गरिएको गीतको भिडियोमा शन्त कुमार राई र अनुसा राईको अभिनय देख्न सकिन्छ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडि विचको कलात्मकशैलीमा देखाएका छन्।भिडियोमा इशाक जगेवुको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ ।  गीतको भिडियोलाई  एस के आर पिक्चर बाट बजारमा आएको हो ।

टिप्पणिहरु
Loading...