Admission Open

ad place

‘हेरेको तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको ‘हेरेको तिमीलाई’ बोलको म्युजिक भिडियो  ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत टिका दहालको रहेको छ।  गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। भिडियोमा गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि  हुमागाईले सम्पादन गरेका हुन्।  छायाँकन , सम्पादन र निर्देशकीय पक्षबाट भिडियोको काम उत्कृष्ट बनाउने कोसिस गरिएको निर्माण टिमले बताएको छ।  गीत तथा  म्युजिक भिडियोले दर्शक सोर्ताबाट माया पाउने कुरामा निर्माण टिम आशावादी रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...