Admission Open

ad place

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन च्यासलस्थित पार्टी कार्यालयमा एमालेको बैठक बस्दै

काठमाडौं, २७ फागुन : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले आज शनिबार बिहान ९ बजे बैठक बोलाएको हो ।

एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको छ ।

एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा गरिने उनले बताए ।

निर्वाचन आयोगले आज शनिबारलाई उपराष्ट्रपति उम्मेदवारीमनोनयनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...