Admission Open

ad place

गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’सार्वजनिक

काठमाडौँ, २१ फागुन : गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’सार्वजनिक भएको छ वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दरचना र अमन प्रधानको नै सगीत रहेको गीत वेष्टन पप जनरामा बनाइएको छ ।

गायिका सुचिन्दा श्रेष्ठ र सन्जिब थेबे लिम्बुको अभिनय रहेको गीतको भिडियोमा पछिल्लो समय मुलुकबाट युवाहरु विदेशिने ट्रेन्ड र बिदेशमा रहेका प्रेमीलाइ कुरिरहेकी प्रेमिका बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्तै रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा देखाइएको छ।

भावसागर इन्टरटेन्टमेन्ट च्यानलबाट रिलिज गरिएको भिडियोलाइ पछिल्लो समयका चर्चित भिडियोहरु  निर्देशन गरिसकेका सफल निर्देशक राजेश पुमा राईले निर्देशन गरेका हुन् भिडियोमा उत्सब दाहालको क्यामेरा, अस्मिता राईको मेकअप ,र  बिकास दाहालको सम्पादन रहेको छ।

सानै उमेर देखि नै गायन, नृत्य र कलामा अब्बल सुचिन्दा श्रेष्ठको यसअघि  “एक चोटि आईदेउन” बोलको गीत सार्वजनिक भै चर्चा बटुलिसकेको छ भने नेपाली कथानक चलचित्र “शान्ति”मा मुख्य भुमिकामा अभिनय गरिसकेका नायक तथा मोडल सन्जिब थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनय मार्फत नेपाली दर्शक स्रोता समक्ष दर्बिलो उपस्तिथि जनाईसकेका छन।

ताप्लेजुङ्को सिरिजँघा १ सिनाममा जन्म भै हङकङलाई बसोबास गर्दै आएका समाजसेवी वसन्त थेवे ‘तिमी मेरो’को भिडियो निर्माता हुन्  ।

टिप्पणिहरु
Loading...