काठमाडौँ, १९ फागुन : युएईमा जारी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै छ।
त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल दोस्रो खेलमा युएईसँग भने पराजित भयो । नेपाल र पिएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार आज बिहान ११:४५ बजे सुरु हुनेछ।
जारी विश्वकप लिग-२ का खेलमा नेपाल पिएनजीसँग अहिलेसम्म अपराजित छ। जारी विश्वकप लिग २ को सिरिजमा विदेशमा हुने खेलमा नेपालको यो अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।
जारी विश्वकप लिग-२ मा नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ भने पिएनजी तालिकाको पुछारमा रहेको छ।