काठमाडौं : नेपालमा सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजार २५५ पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार फेब्रुअरी महिनामा विभिन्न मुलुकबाट ७३ हजार २५५ पर्यटक भित्रिएका हुन् ।
बोर्डको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने गएको वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका थिए।
नेपाल पर्यटनका अनुसार कोभिड-१९ महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ विदेशी पर्यटक आएकोमा सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई २ लाख ३० हजार ८५ जनामा खुम्चिएको थियो।
त्यस्तै, बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले सर्भेक्षण समेत सुरु गरेको छ ।नेपाल एक पर्यटन मुलुक हो । नेपालको भौगोलिक अवस्था पनि पर्यटकलाई लोभ्याउने खालको छ ।
सरकारले पनि पर्यटकलाई नेपालमा धेरै भन्दा धेरै भित्र्याउन सके देशको अर्थतन्त्र उकास्न मद्धत पुुग्ने बताउदैँ आएको छ । कोरोना महामारीपछि नेपालमा पर्यटन व्यवसाय थप्प भएका थिए । तर अहिले भने पर्यटन क्षेत्र विस्तारै चलयमान बन्दै गईरहेको छ ।