काठमाडौंः सत्तारुढदल नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले एमाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
नेकपा एमाले सचिवालय बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा भएको थियो ।