काठमाडौँ, ९ फागुन : सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सोमबार स्थिर रहेको सुनकाे मूल्य मंगलबार घटेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनकाे मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
सोमबार तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनमूल्य मंगलबार २ सय रुपैयाँले घटी तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजाबी सुनकाे मूल्य प्रतितोला १ लाख २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनकाे मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीकाे मूल्य मंगलबार पनि स्थिर रहेको छ । सोमबार तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।