Admission Open

ad place

आजको मौसम पूर्वानुमान : तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो, सुदुरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना

काठमाडौं, ४ फागुन : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

महाशाखाले जनाएअनुसार दिउँसो भने सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं। १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसैगरी राती भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन महाशाखाले अनुरोध गरेको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...