काठमाडौँ : नेपाली कलाकारितामा अहिले नायिका तथा मोडल अनिता गिरीको चर्चा बढ्दै गइरहेको छ । अनिता ७ वर्षदेखि यस कला क्षेत्रमा काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठूलो पर्दामा देखिँदै छिन । सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भूमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन् । उनैसंग गरिएका कुराकानीका केही अंश :
मेरो लागि खासै केहि पनि स्पेसल त छैन किनभने म हाल नम्बरी सुनको सुटमै व्यस्त छु।
माया गर्ने जोडीलाई भ्यलेन्टाइन डे नै कुर्नु पर्छ भन्ने छैन। माया गर्ने जोडीलाई जुनैपनि डे स्पेसल डे हो ।
दर्जनौ प्रेम प्रस्तावहरु नआएका होइनन् । तर विशेष प्रस्ताव अहिलेसम्म आएको छैन। आइ लभ यु भन्ने शब्द नै सामन्य हुन थाल्यो । तर अहिलेसम्म सिङ्गल नै छु।
सबैभन्दा ठुलो कुरा विश्वास हो र धेरै माया गर्ने होस् । सोच पनि एउटै किसिमको होस भन्ने चाहन्छु ।
आजको दिन मात्र मैले उहालार्इ सम्झेकि होइन तर मेरा कयौँ अन्तर्वार्तामा उहाँप्रतिको मेरो भावना र उहाँलार्इ दिने सम्मान दिइ रहेकी हुन्छु । हामी सम्पूर्ण इन्डस्ट्रीनै उहाँलार्इ मिस गरिरहेका छौँ ।