काठमाडौँ, ३ फागुन : पछिल्लो समयमा नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार गिरावट आएको छ । मंगलबार २ सयले घटेको सुनको मूल्य बुधबार पनि पुनः २ सयले घटेको छ ।
तोलामा २ सय रुपैयाँले घटेसँगै बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो ।
त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यस्तै, बुधबार चाँदी ५ रुपैयाँले बढेको छ ।
लगातार स्थिर रहेको चाँदी बुधबार ५ रुपैयाँले बढी तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।