काठमाडौं, २१ माघ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ।
त्यस्तै महाशाखाले जनाएअनुसार दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
यसैगरी, राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।