काठमाडौँ, १६ माघ : बाँकेमा एक युवकले श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाउँदा छोराको ज्यान गएको छ । आइतबार साँझ कोहलपुर नगरपालिका-२ शक्तिनगरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा दुई वर्षीय छोराको मृत्यु भएको हो।
श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
जलेर घाइते भएका दुबैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जमा भेरी अस्पतालमा ल्याइएको थियो। आज बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
भारततर्फ भाग्दै गरेका भानुभक्तलाई नाकाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।