Admission Open

ad place

आजको मौसम पूर्वानुमान : प्रदेश १ मा सामन्य बदली, देशका बाँकी भू-भागमा मौसम सफा रहने

काठमाडौँ, १४ माघ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका थोरै भू-भागमा मौसम बदली हुने जनाएको छ । मौसममा सामान्य बदली भए पनि वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा भने सामान्य बदली हुनेछ । बाँकी भू(भागमा भने सफा रहनेछ ।

त्यसैगरी आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि दिउँसो भने बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...