काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी वैकुण्ठप्रसाद पौडेल (वैभव) विजयी भएका छन् । संघको २९औं साधारण सभाबाट उनी लोकप्रिय मतसहित विजयी भएका हुन् ।
वैदेशिक रोजगारी व्यवसायीमाझ छोटो समयमा लोकप्रिय बन्न सफल पौडेल कविसमेत हुन् । संघमा विजयी भएपछि उनले सम्पूर्ण मतदातालाई आभार व्यक्त गरेका छन् । कार्यसमिति सदस्यमा रहेर संघको गरिमा उच्च बनाउने गरी आफूले काम गर्ने उनको प्रतिबद्धता छ ।
‘नेतृत्वलाई खबरदारी गर्न हो मेरो उम्मेदवारी, समस्यालाई समाधानमा बदल्न हो मेरो उम्मेदवारी’ भन्ने कविताको लाइनसहित उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानमा होमिएका थिए ।
‘निर्वाचन मेरा लागि एउटा गौरवमय पल रह्यो । हतारमा गरिएको उमेद्वारी घोषणा भएपनि अग्रज, साथी-भाइ साथै सहयोगीको अथक प्रयास, मार्ग निर्देशन, सल्लाह, सुझाव अनुशरणले विजयी हुन सम्भव भयो । बल बुताले भ्याएसम्म व्यवसायीको पक्षमा काम गरेर हजुरहरुको गुण तिर्नेछु । विजय यात्राका लागि हजुरहरुबाट पाएको अपार माया, सहयोग तथा भोटका आभारी छु,’ उनले भनेका छन् ।