काठमाडौं, ७ माघ : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ । आज दिउँसो १ बजे उपसभामुखको निर्वाचन हुने संसद सचिवालयले जनाएको छ ।
शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली कांग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दर्ता गरेकी हुन् ।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत बनाइएको छ ।