
काठमाडौं : कालिगण्डकी साहित्य परिषद, कालिका चितवनले एक समारोेहका बिच स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान अर्पण गरिएको थियो भने विभिन्न कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए । संंस्थाका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन अनिता अर्यालले गर्नुभएको थियो । रामलाल कुमालले स्वागत मन्तव्य दिनु भएको सो समारोहमा सम्मानित प्रतिभाहरूको जीवनी र व्यक्तित्वमाथि पनि प्रकाश पारिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदीले कालिगण्डकी साहित्य सम्मान (२०७९) बाट केदारनाथ खनाल, लकाश पौडेल, पूर्णप्रसाद अधिकारी, चिरञ्जीवी दाहाल, गोकर्ण मल्ल, कपिल अज्ञात र सामना पहाडलाई सम्मान पत्र र उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रममा कविहरू धनराज गिरी, ईश्वरी ओझा ,यमुना न्यौपाने, हरिप्रसाद गजुरेल, जगन्नाथ पण्डित,नम्रता, होमनाथ घिमिरे, श्यामजी अतिथि, लगायतका कविहरूले आ-आफ्नो कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदीले सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रमा विशिष्ट अतिथि वरिष्ठ निबन्धकार रामबाबु घिमिरे र धनराज गिरी एबं कालिका नगरपालिका वार्ड नं ६ का अध्यक्ष टिकाराम रेग्मी र अन्य अतिथि हरूले पनि आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । सम्मानित स्रष्टाहरू केदारनाथ खनाल, पूर्णप्रसाद अधिकारी, गोकर्ण मल्ल र चिरञ्जीवी दाहालले पनि आफ्ना विचार एवम् कविता प्रस्तुत गर्नु भएको थियो ।
