काठमाडौं, ३ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले गठबन्धनको सबैभन्दा ठूलो दल एमालेलाई आठ वटा मन्त्रालय दिने निर्णय गरेको छ । त्यस्तै माओवादी केन्द्रलाई प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री, राप्रपालाई ३ मन्त्री र एक राज्यमन्त्री दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउने छ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो । जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन ।
नयाँ मन्त्रीहरुको आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।