काठमाडौँ, २८ पौष : यस महिनाकै अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ४१.०४ (१.८७%) अंकले घटेर २१४९.३९ विन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन अर्थात २६ गते म्.गलबार पनि थुप्रै उतारचढाबकावीच अन्त्यमा रातो भएरै बन्द भएको थियो ।
आज २५९ कम्पनीका १ करोड ४१ लाख ९८८ शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ कारोबार भयो।
कारोबार रकमका आधारमा आज शिवम सिमेन्ट शीर्षस्थानमा रह्यो भने दास्रोमा रिडी हाइड्रो पावर रह्यो । त्यसैगरी तेस्रोमा ङादी ग्रप पावर रह्यो ।
त्यसैगरी आज ४१ कम्पनीको शेयर उकालो लागे भने १८४ कम्पनीको शेयर रातो भए । आज दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४७ करोड ७६ लाखको कारोबार भएको छ ।